इथियोपियामा भोकमरीको समस्या हुनसक्ने राष्ट्रसंघको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

इथियोपियामा भोकमरीको समस्या हुनसक्ने राष्ट्रसंघको चेतावनी

एजेन्सी । राष्ट्रसंघले अफ्रिकी मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ ।

लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलनसक्ने भन्दै राष्ट्रसंघले तत्काल मानवीय सहायता उपलब्ध गराउन आवश्यक रहेको जनाएको छ ।

पछिल्लो समय तीन लाख भन्दा बढी बालबालिका कुपोषणको शिकार भएको भन्दै राष्ट्रसंघले यो आंकडा अझै बढ्न सक्ने औंल्याएको हो । तिग्रे क्षेत्रमा विद्रोहीले आफ्ना गतिविधि बढाएसँगै आठ महिनाको अवधिमा करिब दुई लाख बासिन्दा भोकमरीमा परेको राष्ट्रसंघको भनाइ छ ।

सरकारले गत सोमबार एक पक्षीयरुपमा युद्धविरामको घोषणा गरेपनि विद्रोहीले आफ्ना गतिविधिलाई जारी राखेको बताइएको छ । तिग्रे क्षेत्रमा विद्रोही समुह टाइगर पीपुल्स लिबरेसन फ्रन्ट टी पी एल एफ र सुरक्षा फौजबीचकोे द्वन्द्वका कारण हजारौं सर्वसाधारण मारिएका छन् ।

सो युद्धका कारण २० लाखभन्दा बढी विस्थापित भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);