भिडन्त जारी रहेको इथियोपियामा ४ लाखभन्दा बढी मानिस भोकमरीले प्रभावित हुने राष्ट्र संघको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भिडन्त जारी रहेको इथियोपियामा ४ लाखभन्दा बढी मानिस भोकमरीले प्रभावित हुने राष्ट्र संघको चेतावनी

एजेन्सी । अफ्रिकी मुलुक इथियोपियाको टिग्रे क्षेत्रमा जारी भिडन्तका कारण भोकमरी निम्त्याएको र त्यसबाट चार लाखभन्दा बढी मानिस प्रभावित हुने संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् ।

टिग्रे क्षेत्रमा जारी हिंसाका कारण उत्पन्त्र संकटका विषयमा बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बसेको पहिलो बैठकले ३३ हजारभन्दा बढी बालबालिका गम्भीर कुपोषण शिकार बनेको समेत बताइएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरुका अनुसार विगत आठ महिनादेखि जारी संघर्षका कारण थप १८ लाख मानिस भोकमरीको संघारमा पुगेका छन् ।

युद्धविरामको घोषणाका बावजुतमा त्यहाँ अझै हिंसा हुन सक्ने भन्दै राष्ट्रसंघले चेतावनी समेत दिएको छ ।

टिग्रे क्षेत्र विद्रोहीहरुसँग लडीरहेको इथियोपिया सरकारले गएको सोमबार युद्धविरामको घोषणा गरेको थियो । तर विद्रोहीहरुले भने आफ्ना शत्रुहरुलाई परास्थ गरेर आफ्नो क्षेत्रबाट धपाएरै छाड्ने बताउँदै आएका छन् ।

टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट टिपीएलएफ र सरकारी सुरक्षा बलबीच हुँदै आएको भिडन्तले हजारौं मानिसले ज्यान गुमाईसकेका छन् भने २० लाखभन्दा बढी विस्थापित भईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);