आमिर र किरणले टुंग्याए पन्ध्र वर्षको वैवाहिक सम्बन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आमिर र किरणले टुंग्याए पन्ध्र वर्षको वैवाहिक सम्बन्ध

एजेन्सी । भारतीय चलचित्र नायक आमिर खानले सम्बन्धविच्छेद गरेका छन् । आमिर खान र उनकी श्रीमती किरण रावले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको सम्बन्धविच्छेदबारे जानकारी गराएका हुन् ।

खान र रावले आफ्नो १५ वर्षको वैवाहिक यात्रा सहमतिमा नै टंग्याएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनीहरुले २००५ मा विवाह गरेका थिए ।

उनीहरुको विज्ञप्तिमा लेखिएको छ –‘यी १५ वर्षमा हामीले जिवनका अनुभव, खुशी, हाँसोका साथ वितायौं जसले हाम्रो सम्बन्धमा विश्वास, सम्मान र माया बढायो । अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्नेछौं। जुन पति र पत्नी जस्तो हुँदैन । ’

यो दम्पतीले छोरा आजादको अभिभावकत्वमा कुनै कसुर बाँकी नराख्ने पनि विज्ञप्तिमा उललेख गरेका छन् । उनीहरु केही समय अघि नै छुटिएको पनि जानकारी गराइएको छ ।

सम्बन्धविच्छेदका बावजुत पनि उनीहरु फिल्म क्षेत्र र पानी फाउन्देशनमा सँगै काम गर्ने बताएका छन् ।

आमिर र किरण चर्चित चलचित्र लगानको सुटिङको समयमा पहिलो पटक भेटेका थिए । लगानमा आमिर मुख्य नायकको भूमिकामा थिए भने किरण सहायक निर्देशक थिए । उनीहरुले २००५ को डिसेम्बर २८ मा विवाह गरेका थिए ।

त्यसअघि आमिर खान रिना दत्तासँग वैवाहिक सम्बन्धमा थिए । उनीहरुको दुई सन्तान जुनेद खान र इरा खान छन् जो आमासँगै बस्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);