क्यानडाको ब्रिटिश कोलम्बियामा सयौँ डढेलो, राजमार्गहरू बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

क्यानडाको ब्रिटिश कोलम्बियामा सयौँ डढेलो, राजमार्गहरू बन्द

एजेन्सी । पश्चिमी क्यानडामा अहिलेसम्मकै उच्च गर्मीसँगै बिजुली चम्किएर चट्याङ पर्दा १ सय ३० भन्दा बढी डढेलोका घटना देखा परेका छन् ।

क्यानडा सरकारले डढेलो नियन्त्रण र आकस्मिक सेवाका लागि ब्रिटिश कोलम्बियामा सैन्य जहाज पठाउने बताएको छ । यसै साताको सुरुमा उक्त प्रदेशको लीटन गाउँका मानिसहरू त्यहाँबाट पलायन हुनुपरेको थियो ।

लीटनमा गत मंगलबार क्यानडाको हालसम्मकै सबैभन्दा उच्च तापक्रम ४९ दशमलव ६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । पछि उक्त गाउँ आगलागीले ध्वस्त भयो । आगलागीका कारण करिब २ सय ५० मानिसहरूको बसोबास रहेको उक्त क्षेत्र प्रभावित भएको थियो । त्यसले गर्दा त्यहाँ बसोबास गर्ने मानिसहरू गत बुधबार साँझ आफ्ना सामानहरू नलिइकनै पलायन हुनु परेको थियो ।

शुक्रबार ब्रिटिश कोलम्बियाको डढेलो नियन्त्रण सेवासम्बन्धीनिकायले प्रदेशभरि १ सय ३६ वटा डढेलो सक्रिय अवस्थामा रहेको बताएको थियो । अघिल्लो दिन १२ हजार बिजुली चम्किएर भएका चट्याङका घटना रेकर्ड गरिएको जनाएको छ ।

आगलागीकाकारण दुवैतर्फका कैयौँ राजमार्गहरू बन्द भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);