क्यानडामा अत्यधिक गर्मीका कारण ६० जना भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

क्यानडामा अत्यधिक गर्मीका कारण ६० जना भन्दा बढीको मृत्यु

एजेन्सी । क्यानडामा प्रचण्ड गर्मीका कारण ६० जना भन्दा बढीको मृत्यु भएको छ । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको हो ।

ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको संख्या ६० नाघेको जनाएको छ र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन् ।

ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। मंगलबार लिटनको तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको थियो ।यसअघि क्यानडाको तापक्रम कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी पुगेको थिएन।

बर्नेबीमा मात्रै प्रहरीले “एक्कासि मृत्यु” भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको बताएको छ र त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू छन्।

ग्लोब र मेल पत्रिकाले जनाए अनुसार ब्रिटिश कोलम्बियाका प्यारामेडिकहरूले आइतवार तापक्रम बढ्दा समस्या भएको भन्दै एकसयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका बताएका थिए।

इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ।

यसैबीच अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा पनि तापक्रम बढेको छ । अमेरिकाको न्याश्नल वेदर सर्भिसका अनुसार ओरेगनको पोर्टल्याण्डमा तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ भने सियाटलमा ४२.२ पुगेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);