युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

europe heat wave

वार्सा– युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । पोल्याण्डको वार्सामा आइतवार १८.९ डिग्री सेल्सियस (६६ एफ) रेकर्ड भएको छ भने  स्पेनको बिलबाओमा २५.१ डिग्री सेल्सियस कायम भएको छ जुन, औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो ।

नेदरल्यान्ड्स, लिकटेन्स्टाइन, लिथुआनिया, लाटभिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेको छ । त्यस्तै जर्मनी, फ्रान्स र युक्रेनमा पनि तापक्रम बढ्दो छ । केही दिनअघि, बेलायत, आयरल्याण्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई रेकर्डमा सबैभन्दा तातो वर्ष घोषणा गरेका थिए ।

उत्तरी अमेरिकाले थप गम्भीर आँधीबेहरीको सामना गरिरहेका बेला युरोपको तापक्रम भने बढ्दो छ । अमेरिकामा केही दिनअघिको घातक हिमपातले ६० भन्दा बढीको मृत्यु भएको थियो ।  उत्तरी मध्यपश्चिमका केही भागहरूमा भारी हिउँ र चिसो वर्षाको पूर्वानुमान गरिएको छ भने टेक्सास, ओक्लाहोमा, अर्कान्सास र लुइसियानामा ठूलो आँधीको सम्भावना देखाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);