मास्क नलाउँदा अष्ट्रेलियन उपप्रधानमन्त्रीलाई कारबाही, २ सय डलर जरीवाना | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

मास्क नलाउँदा अष्ट्रेलियन उपप्रधानमन्त्रीलाई कारबाही, २ सय डलर जरीवाना

एजेन्सी । अष्ट्रेलियन उपप्रधानमन्त्री बार्नवी जोयश मास्क नलाउँदा  सरकारले तोकेको जनस्वास्थ्य आदेश (पब्लिक हेल्थ अर्डर) उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।

उपप्रधानमन्त्री बार्नवी जोयश न्यू साउथ वेल्स राज्यको आर्मेडेलस्थित मास्क नलगाई एक पेट्रोल स्टेशनमा पुगेपछि कसैले नजिकको प्रहरी कार्यालयमा खबर गरेको थियो।

सरकारको आदेश उल्लंघन गरेको आरोपमा कारबाहीमा पर्दै २ सय डलर जरीवाना तिरेका छन्।

सन् २०१८ मा बिवादमा परेपछि पदवाट राजीनामा दिएका जोयश हालैमात्र उपप्रधानमन्त्री पदमा नियुक्त भएका हुन्।

Leave a Reply

ताजा समाचार