ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय कारबाहीमा

नुवाकोट, ९ कात्तिक । दशैं अवधिभर नुवाकोटमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ६१ सवारीसाधन कार्बाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घटस्थापनादेखि विजया दशमीको टिकाको पाँचौदिनसम्म सवारी साधन संचालन गरी ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ६ सय ६१ वटा सवारी साधनलाई कारबाही गरेको हो ।

कारबाहीमा परेका सवारी चालकहरुबाट जरिवाना स्वरुप १२ लाख ७१ हजार असुली गरिएको जिल्ला ट्राफिक कार्यालय, नुवाकोटका प्रमुख शम्भुबहादुर अधिकारीले जानकारी दिए ।

त्यसैगरी, बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने लगायत विषयमा ध्यान नदिएका सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);