डडेलधुरामा तीन हजार भन्दा बढी सवारी साधन कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

डडेलधुरामा तीन हजार भन्दा बढी सवारी साधन कारबाहीमा

डडेल्धुरा, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०७५/०७६ मा ट्राफिक नियम उल्लङघन गर्ने तीन हजार भन्दा बढी यातायातका सवारी साधनलाई कारबाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले कारबाहीबाट २४ लाख ४५ हजार राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्र्ष २०७५/०७६ मा ट्राफिक नियमको उल्लंघन गर्ने वस, ट्रक, जिप, मोटरसाईकल, ट्याक्टर गरी तीन हजार नौ सय २१ यातायातका सवारी साधनलाई कारवाही गरेको हो ।

कारबाही पर्नेमा सवैभन्दा बढी जिप रहेका छन् भने सब भन्दा कम ट्याक्टर रहेका छन् । एक वर्षको अवधिमा बस दुइ सय ६९, ट्रक एक हजार एक सय ९२, ट्याक्टर तीन सय ७८, मोटरसाईकल चार सय ३३ र जिप एक हजार छ सया ४९ कारवाहीमा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);