रामायण मेलामा सहभागी हुन नेपाली कलाकारहरु भारत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रामायण मेलामा सहभागी हुन नेपाली कलाकारहरु भारत प्रस्थान

mithila natya parishad

बटुकनाथ झा
जनकपुरधाम, १० कात्तिक
। भारतको दिल्लीमा हुन गईरहेको रामायण मेलामा सहभागी हुन नेपालको जनकपुरधामबाट कलाकारहरु शनिवार दिल्ली प्रस्थान गरेका छन् । मेलामा नेपाल सहित थाईल्याण्ड, श्रीलंका र आयोजक राष्ट्र भारत सहभागी हुने कार्यक्रम रहेको छ ।

भारतमा हुन गईरहेको रामायण मेलामा सहभागी हुन जनकपुरधामबाट एक कलाकारको टोली शनिवार त्यसतर्फ प्रस्थान गरेको छ । मिथिलाको धर्म, संस्कृती, रितिरिवाजलाई विश्व स्तरमा चिनाउन जनकपुरबाट पहिलो पटक मिथिला नाट्यकला परिषद् (मिनाप) को टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले मिथिला संस्कृतिको लागि यस वर्ष बजेट समेत छुट्याएको छ । भ्रमणले मिथिला संस्कृतिलाई बचाउन मद्धत पुग्ने मात्र नभएर जानकी लिला बारे सवैले जानकारी पाउने समेत जनकपुर उपमहानगरपालिका उपमेयर रीता कुमारी मिश्रले बताईन् ।

यता मिथिला नाट्यकला परिषदका अध्यक्ष प्रमेश झाले भारत सरकारले आयोजना गरेको रामायण मेलामा नेपालको प्रतिनिधित्व गरि आफुहरु गइरहेको बताउनु भयो । जनकपुरधामबाट गएको टोली त्यहाँ जानकी लिला देखाउने बताए । र, त्यसपछि भारतको अयोध्यामा समेत जानकी लिला गर्ने योजना रहेको समेत अध्यक्ष झाले बताए ।

नेपालबाट गएको टोली आफ्नो कार्यक्रम सम्पन्न गरी नोभेम्बर ४ तारिखका दिन जनकपुर–अयोध्या बसबाट नेपाल फर्कने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);