महाकुम्भ मेलामा सहभागी हुन पूर्व राजदम्पती भारत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

महाकुम्भ मेलामा सहभागी हुन पूर्व राजदम्पती भारत प्रस्थान

काठमाडौं, २६ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्धारमा सञ्चालित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत प्रस्थान गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल राज्यलक्ष्मीसहित हरिकुम्भ मेलामा सहभागी हुन बिहीबार भारत प्रस्थान गरेका हुन् ।

शाह नेपाल एयरलाइन्सको जहाजबाट भारत गएका हुन् । सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा पूर्व राजदम्पति हरिद्वार मेलामा गएको बताइएको छ ।

त्यहाँको कुम्भमेलामा पूर्वराजा शाहलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);