सुदूरपश्चिममा स्क्रब टाइफस संक्रमित बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुदूरपश्चिममा स्क्रब टाइफस संक्रमित बढ्दै

scrub typhis

तेज बोहरा
कैलाली,  १० कात्तिक । कैलाली लगाएत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा स्क्रब टाईफसका बिरामी बढ्न थालेका छन् । स्क्रब टाईफसको संक्रमणबाट डडेल्धुरामा एक जनाको मृत्यु समेत भईसकेको छ । कैलाली कञ्चनपुर लगाएत सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पनि यो रोगको सङ्क्रमण वढ्दै गएको छ । स्क्रबटाइफसको प्रकोप वढिरहेकोले माहामारीको खतरा हुन सक्ने भन्दै यसवाट बच्न सबैलाई सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर लगाएतका जिल्लामा लगातार ज्वरो आइरहने, टाउको दुख्ने, पसिना छुट्ने, आँखाको डिल दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने जस्ता लक्ष्यण देखिएका विरामीहरुको जाँच गर्दा स्क्रब टाईपसका विरामीहरुको संख्या वढिरहेको पाईएको हो । रोगको संक्रमण भएको ५ देखि ७ दिनमा घाँटीमा रातो विमिरा देखिने र पछि त्यो विमिरा क्रमशः शरीरको अन्य भागहरुमा फैलिँदै जाने रोगको प्रमुख लक्षण भएको सेति अञ्चल ईमरजन्सी वार्डका इन्चार्ज केशव बोहराले बताए ।

धनगढीको सेती अञ्चल अस्पतालमा पनि यो बर्ष ५० जना स्क्रब टाईफसका विरामी देखिएकोमा डडेल्धुराकी २२ वर्षीया सरस्वती भट्टको मृत्यु भईसकेको छ । सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा यो रोगको प्रकोप फैलिदै गएको सेति अञ्चल अस्पतालका सुचना अधिकृत दिलिपकुमार श्रेष्ठले बताए ।

गएका वर्षहरुमा जिल्ला स्वास्थ्य कार्यालयले स्क्रबटाईफस विरुद्ध सचेतना अभियानसञ्चालन गर्ने गरेकोमा यो वर्षदेखि ती कार्यक्रमहरु नभएका कारण सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पछिल्लो १५ दिनमा ७६ जना विरामीमा जाँच गर्दा ३३ जनामा यो रोगको संक्रमण देखा परेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेसु डाक्टर जितेन्द्र कडेंलले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);