विद्युत उत्पादन र आर्थिक समृद्धिको बलियो आधार : लघु जलविद्युत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विद्युत उत्पादन र आर्थिक समृद्धिको बलियो आधार : लघु जलविद्युत

laghu jalbidhyut

नुवाकोट, १० कात्तिक । ग्रामीण क्षेत्रका बासिन्दालाई विद्युत सेवा उपलब्ध गराउन स्थापना भएका लघु जलबिद्युत आयोजनाहरु केन्द्रीय प्रशारण लाइनसंग प्रतिस्पर्धा गर्न नसक्दा संकटको सामना गरिरहेका थिए । तर, तीनै लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएसगैँ अहिले पुर्नजीवन मात्र पाएका छैनन्, पानीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्न थालेका छन् ।

नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं ४ सिक्रेमा रहेको स्याउरेभूमे लघु जलविद्युत आयोजना कुनै समय जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाको लागी उज्यालो दिने एकमात्र साहारा बनेको थियो । तर, जब २०७० सालमा केन्द्रीय प्रशारण लाइन यहाँको गाँउ–गाँउसम्म पुग्यो अनि स्याउरेभूमे जस्तै स–साना लगानीमा बनेका आयोजनाहरु धमाधम बन्द हुनपुगे ।

सरकारी अनुदानमा समुदायको लगानीमा स्थापना भएका यस्ता आयोजनाले पुर्नजीवनको सम्भावना त्यतिबेला पायो जतिबेला नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठकले २०७१ साउन ४ मा एकसय किलोवाट क्षमतासम्मका विद्युत खरिद गर्ने कानूनी ब्यवस्था संशोधन गर्दै न्युनतम २० किलोवाटसम्म उत्पादन गर्ने विद्युत समेत खरिद गर्ने निर्णय गर्‍यो ।

अहिले यो आयोजनाले बर्खायाममा महिनाको ६० हजारभन्दा माथी र हिउदयाममा दुई लाख रुपैयाँसम्म कमाउने हैसियत बनाएको छ । भविष्य संकटमा परेको आयोजनाले अहिले साविक क्षमता भन्दाबढी विद्युत उत्पादन गरी राष्ट्रिय विद्युत उत्पादनमा सहयोग मात्र पु¥याएको छैन, खोला खोल्सीमा बग्ने पानीमा गरिएको थोरै लगानीबाट मनग्य आम्दानी समेत गर्न सक्छ भन्ने उदाहरण देखाएको छ ।

नेपाल सरकारले महत्वकाक्षी योजनाको रुपमा ठूला लगानीमा निर्माण गरिने जलविद्युत आयोजनालाई प्रश्रय दिदै आइरहेको समयमा समुदाय मार्फत स–साना लगानीमा खोला खोल्सीको पानीलाई संकलन गरी बनाउन सकिने लघु जलविद्युत आयोजना पनि विद्युत उत्पादन र आर्थिक समृद्धिको बलियो आधार बन्न सक्ने देखिएको छ । नुवाकोटमा एक दर्जन भन्दाबढी लघु जलविद्युत आयोजना भएपनि राज्यको कमजोर नीतिले तिनीहरुलाई मजबुद बनाउन सकिएको छैन ।

विभिन्न अध्ययनलाई देखाएर हजारौ मेगवाट विद्युत उत्पादन हुनसक्ने अनुमान गदै आएको सरकारले गाँउको विकास र समुदायको लगानीलाई प्रश्रय दिदै साना तथा घरेलु उद्योगको जस्तै लघु जलविद्युत आयोजना चलाउन प्रश्रय दिने हो भने यहाँको स्याउरेभूमे लघु जलविद्युत आयोजना जस्तै अन्य खोलाको पानीमा गरिने थोरै लगानीबाट मनग्य कमाउन सक्ने आधार निश्चित रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);