आमिर खानले गरे छोरा जुनैदलाई डेब्यु गर्ने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आमिर खानले गरे छोरा जुनैदलाई डेब्यु गर्ने घोषणा

एजेन्सी, २४ असोज । बलिउड अभिनेता आमिर खान आफ्ना विभिन्न प्रोजेक्टका कारण चर्चामा रहन्छन् । लाल सिंह चड्डापछि अब अभिनेताले एकैसाथ तीनवटा चलचित्र निर्माण गर्न लागेका हुन् । जसमा उनका छोरा जुनैद खानका फिल्म पनि पर्छन् । सुपरस्टारले छोराको फिल्मी करियरको घोषणा गरेका छन् ।

आमिर खान हालै एउटा चर्चित न्यूज च्यानलको कन्क्लेभमा सहभागी भएका थिए । कुराकानीका क्रममा उनले जेठा छोरा जुनैद खानको बारेमा कुरा गरे । अभिनेताले आफ्नो छोरा बलिउडमा निर्माताका रुपमा आफ्नो पहिचान बनाउन तयार रहेको बताए । जुनैद खानले फिल्म प्रीतम प्यारे निर्माण गर्न लागेका हुन् ।

न्युज १८ को कन्क्लेभमा बोल्दै आमिर खानले भने, “निर्माताका रूपमा जुनैद मेरो बुबा जस्तै बलिउडमा प्रवेश गर्न लागेका छन्। म नयाँ निर्देशक र नयाँ टोलीसँगको कामबाट खुसी छु । म उनको फिल्म ५ गन्नाको प्रतीक्षामा छु ।”

जुनैद खानको कुरा गर्ने हो भने सिनेमामा आउनुअघि उनले छ वर्ष थिएटरको दुनियाँलाई दिएका थिए । उनको नाटकीय यात्रा अगस्ट २०१७ मा निर्देशक क्वासर ठाकोर पदमसीको बर्टोल्ट ब्रेख्तको ’मदर करेज एन्ड हर चिल्ड्रेन’ को रूपान्तरणबाट सुरु भएको थियो, जुन युद्धको भावनाहीनतालाई हाइलाइट गर्ने शक्तिशाली व्यंग्य थियो।

आमिर खानले निकट भविष्यमा तीनवटा चलचित्र निर्माण गर्न लागेका छन् । जसमा किरण राव निर्देशित मिसिङ लेडीज र छोरा जुनैद खानको फिल्म प्रीतम प्यारे पर्छन् । तेस्रो फिल्मको बारेमा कुरा गर्दा, यो सनी देओल स्टारर लाहोर १९४७ हो, जसलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् । हालै उनले यो फिल्मको घोषणा गरेका थिए । यो फिल्मले पनि निकै चर्चा सृजना गरेको थियो, यो पहिलो पटक हो जब आमिर खानले सन्नी देओललाई आफ्नो फिल्ममा कास्ट गर्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);