‘एनटीआर ३१’ मा आमिर भिलेन बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘एनटीआर ३१’ मा आमिर भिलेन बन्दै

एजेन्सी । टलिउडको दायरा पेन इण्डियासम्म पुगिसकेको छ । यहीकारण कैयौं बलिउड स्टारले आफूहरू साउथ फिल्ममा काम गर्न चाहेको बताइसकेका छन् । तर अब आमिर खान भने यी सबै कुरा भन्दा एक कदम अगाडि आएका छन् ।

आमिरले ‘केजीएफ १’ र ‘केजीएफ २’ जस्ता फिल्मका निर्देशक प्रशान्त नीलको नयाँ फिल्म ‘एनटीआर ३१’मा अभिनयका लागि हस्ताक्षर गरेका छन् । फिल्ममा जूनियर एनटीआर प्रमुख भूमिकामा हुनेछन् ।

फिल्ममा भिलेन चरित्रका लागि आमिरलाई प्रस्ताव गरिएको छ । निर्देशक प्रशान्तले आमिरलाई स्क्रिप्ट सुनाएपछि आमिरले फिल्ममा काम गर्न सहमति जनाइसकेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि जूनियर एनटीआर र आमिरलाई दर्शकले एकसाथ पर्दामा हेर्न चाहेका थिए । जुन चाहना अहिले आएर पुरा गरेको छ ।

आमिरले यसअघि एनटीआर अभिनित फिल्म ‘आरआरआर’को प्रमोसनमा पनि सहभागिता जनाएका थिए । आमिर र एनटीआरले फिल्मको गीत ‘नाटू नाटू’ नाँचेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);