अनिश्चितकालका लागि रोकियो गुलशन कुमारको बायोपिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अनिश्चितकालका लागि रोकियो गुलशन कुमारको बायोपिक

मुम्बई। कुनै समय हिन्दी फिल्ममा अभिनेता बन्न आएका र त्यसपछि देशको सबैभन्दा ठूलो फिल्म तथा म्युजिक कम्पनी टी सिरिज स्थापित गर्ने गुलशन कुमारको बायोपिक ‘मुगल’ बन्द भएको छ । फिल्मको पटकथालाई लिएर निर्देशक तथा टी सिरिजबीच भएको असमझदारीका कारण फिल्ममा गुलशन कुमारको भूमिका निभाउने तयारीमा रहेका आमिर खानले पनि फिल्मबाट हात झिकेका छन् । आफूअभिनित फिल्म ‘लाल सिंह चढ्ढा’ले बक्स अफिसमा खराब प्रदर्शन गरेपछि आमिर गुलशनको बायोपिकबाट पछि हटेका हुन् । यो फिल्मको निर्देशनको जिम्मेवारी पाएका निर्देशक सुभाष कपुरले आगामी फिल्म ‘जोली एलएलबी ३’ को तयारी सुरु गरिसकेका छन् । वर्षको सुरुवातमै टी सिरिजका संस्थापक गुलशनको बायोपिक बन्ने खबरले बलिउडमा राम्रो चर्चा पाएको थियो ।

यो फिल्म पाँच वर्षअघि अक्षय कुमारलाई लिएर निर्माणको तयारी भएको थियो । तर निर्माता र अक्षयबीच खटपट भएपछि आमिरले यो फिल्ममा अभिनय गर्न सहमति जनाए । आमिर ‘लाल सिंह चढ्ढा’को काम सकिएपछि फिल्म ‘मुगल’ मा जोडिने योजनामा थिए । तर टी सिरिजले यसको सुटिङ अनिश्चितकालका लागि रोकेको छ । फिल्मको मुनाफा बाँडफाँटका विषयमा अक्षय र गुलसनका छोरा भूषणबीच सहमति नभएपछि अक्षयले फिल्ममा काम गर्न अस्वीकार गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);