ऋतिक रोशनको 'सुपर ३०' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, ९ असोज । पछिल्लो समय बलिउडमा बायोपिकको ट्रेण्ड बढेको देखिन्छ । भाग मिल्खा भाग, मेरिकोम, एम एस धोनी लगाएतका फिल्म बायोपिकको आधारमा बनाइएको थियो जुन बलिउडमा ब्लक बस्टर हिट सावित भएको थियो ।

एयर लिफ्ट फिल्मले सुपरस्टार अक्षय कुमारलाई राष्ट्रिय अर्वाड समेत दिलाएको थियो । आमिर खानको दंगल पनि बाहुबली २ पछिको सर्वाधिक कमाउने फिल्म बनेको थियो ।

बलिउडका ह्याण्डसम हण्क ऋतिक रोशनले पनि बायोपिक फिल्ममा खेल्ने भएका छन् । उनले भारतका प्रख्यात गणितज्ञ आनन्द कुमारको जिवनमा आधारित फिल्म ‘सुपर ३०’ मा अभिनय गर्ने भएका छन् । आनन्द कुमार बिहारी मुलका हुन् जो अहिले इण्डियामा सुपर ३० नामक आई टिको प्रोगाम ल्याएका थिए ।

फिल्मको निर्देशन विकास बेलले गर्ने भएका छन् । उनले यो भन्दा अघि क्युन जस्तो फिल्म ल्याएर दर्शकको मन जितिसकेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);