राप्रपा छाडेर गायिका कोमल ओली एमालेमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राप्रपा छाडेर गायिका कोमल ओली एमालेमा प्रवेश

दाङ, ९ असाेज । गायिका एवं राप्रपा केन्द्रीय सदस्य कोमल ओली एमालेमा प्रवेश गरेकी छन् । एमाले उपाध्यक्ष बामदेव गौतम र नेता शंकर पोखरेलले ओलीलाई एमालेमा स्वागत गरेका हुन् ।

नेकपा एमाले दाङले सोमबार घोराहीमा आयोजना गरेको ‘नवप्रवेशीको स्वागत तथा कार्यकर्ता भेला’मा ओली एमालेमा प्रवेश गरेकी हुन्।

पार्टी प्रवेश गरेपछि मन्तव्य राख्दै ओलीले एमालेको गुणगान गाएकी छन् । देशको विकास र आर्थिक संमृद्धि गर्ने पार्टी एमाले बाहेक अरु नभएकाले महिलाका हक अधिकारका पक्षमा आवाज उठाउन आफु एमालेमा प्रवेश गर्नुपरेको ओलीले बताइन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);