आगामी निर्वाचनमा एमालेनै पहिलो पार्टी हुने गौतमको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

दाङ, १० असोजः नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा एमालेनै पहिलो पार्टी हुने दाबी गरेका छन् ।

नेकपा (एमाले) दाङले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्न बताएका हुन् ।

काँग्रेसले बोकेको लोकतन्त्र नक्कली भएको समेत उनले आरोप लगाएका छन् । उनले अन्य पार्टीसँग कुनै भिजन नभएको भन्दै मुलुक चलाउने पार्टी एमाले मात्र भएको दाबी गरे ।

यसैबीच, एमालेमा केन्द्रीय नेताहरु पनि प्रवेश गरेका छन् जसमा राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओली, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य निर्मला विक, नेपाली काँग्रेसका नेता डिल्लीबहादुर खड्का, बलिभद्र राना, जनमुक्ति पार्टीका कमला देउजा, राप्रपाका नेता यामिन्द्र वलीलगायतका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस, माओवादी केन्द्र, राप्रपा तथा जनशक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

 

ताजा समाचार