प्रदेश नं. २ मा एमाले दोस्रो ठुलो शक्ति, यस्तो छ हिसाब किताब ... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, १० असोज । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा सम्पन्न भएको निर्वाचनमा प्रमुख पदमा १८ तह जित्दै पाँचौं दल बनेको नेकपा एमाले उक्त प्रदेशको वडा तहसम्मको समग्र नतिजामा भने दोस्रो दल बन्न पुगेको छ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा १ हजार २७१ वडामा ६ हजार ६२७ पदका लागि भएको निर्वाचनमा १२९ तह र १ हजार २१२ वडाका ६ हजार २५१ पदको नतिजा आइपुग्दा एमाले दोस्रो दल बनेको हो।

१) कांग्रेस १ हजार ६२२

निर्वाचन आयोगले उपलब्ध गराएको १२९ तह र १ हजार २१२ वडाको नतिजाअनुसार पहिलो दल रहेको कांग्रेसले अध्यक्ष प्रमुखमा ३८, उपप्रमुख उपाध्यक्षमा ३२, वडा अध्यक्ष ३२०, खुल्ला वडा सदस्य ६२८, महिला सदस्य ३०३ र दलित महिला सदस्यमा ३०२ उमेदवार गरी १ हजार ६२२ उमेदवार विजयी भएका छन् ।

२) एमाले १ हजार २२१

त्यसैगरी नेकपा एमालेले अध्यक्षरप्रमुखमा १८, उपप्रमुखरउपाध्यक्षमा १९, वडा अध्यक्ष २२४, खुल्ला वडा सदस्य ४७५, महिला सदस्य २४४ र दलित महिला सदस्यमा २४१ उमेदवार गरी १ हजार २२१ उमेदवार विजयी भएका छन् ।

३) माओवादी १ हजार ९९

समग्र तथ्यांकमा माओवादी केन्द्र तेस्रो स्थानमा रहे पनि अध्यक्षरप्रखुममा २१, उपप्रमुखरउपाध्यक्षमा २४, वडा अध्यक्ष २२३, खुल्ला वडा सदस्य ४११, महिला सदस्य २१३ र दलित महिला सदस्यमा २०७ उमेदवार गरी १ हजार ९९ उमेदवार विजयी भएका छन्।

५) संघीय समाजवादी ९६३

प्रमुख अध्यक्षमा २४ स्थानमा जित हासिल गर्दै दुई नम्बर प्रदेशमा दोस्रो दल बनेको संघीय समाजवादी फोरम समग्रमा पाँचौं दलमा पुगेको छ । उसले उपप्रमुखरउपाध्यक्षमा २३, वडा अध्यक्ष १७४, खुल्ला वडा सदस्य ३६४, महिला सदस्य १९१ र दलित महिला सदस्यमा १८७ उमेदवार गरी ९६३ उमेदवार विजयी भएका हुन्। समग्र नतिजा हेर्दा कांग्रेस पहिलो दल रहेपछि अन्य दलको हैसियत फरक देखिएको छ । यसबाहेक नेपाल लोकतान्त्रिक फोरम, नेपाली जनता दल, नयाँ शक्ति पार्टी, स्वतन्त्र उमेदवार पनि केही स्थानमा विजयी भएका छन्।

निर्वाचन आयोगसमक्ष सोमबार साँझसम्म आइपुगेको १२९ तह र १ हजार २१० वडा बाहेक अब थपिने नतिजाले दलीय हैसियतमा खासै फरक पर्ने देखिँदैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);