स्थानीय तह निर्वाचनमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ?  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्थानीय तह निर्वाचनमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ? 

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो । आयोगका अनुसार ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचन भएका ७५३ स्थानीय तहमध्ये हालसम्म ६३८ तहमा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका स्थानमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित भएका हुन् । अब ३ हजार ८०५ पदको परिणाम आउन बाँकी रहेको छ ।

निर्वाचित हुने जनप्रतिनिधिमा सबैभन्दा ठूलो संख्या नेपाली कांग्रेसका उम्मेदवारको रहेको छ । त्यसपछि ठूलो संख्या क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको रहेको छ । आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना उम्मेदवारले विभिन्न पदमा विजयी भइसकेका छन् । यो भनेको कूल विजयी उम्मेदवारको ३९.२९ प्रतिशत हो ।

एमालेका १० हजार ६०९ जना उम्मेदवार विजयी भइसकेको आयोगले बताएको छ । कूल विजयी हुने उम्मेदारमा ३३.७६ प्रतिशत एमालेका उम्मेदवार रहेका छन् । माओवादी केन्द्रका हालसम्म ४ हजार ७५४ जना जनप्रतिनिधि विभिन्न पदमा विजयी बनेका छन् । यो भनेको कूल विजयी उम्मेदवारको १५.१३ प्रतिशत हो ।

जनता समाजवादी पार्टी, नेपालको हालसम्म १ हजार २२० जना उम्मेदवार विजयी बनेका छन् । विजयी उम्मेदवारमा जनता समाजवादी पार्टीको हिस्सा ३.८८ प्रतिशत रहेको छ । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट हालसम्म १४ जना विजयी बनेका छन् । यो भनेको विजयी उम्मेदवारको ०.०४४ प्रतिशत हो ।  अन्य साना दल र स्वतन्त्र उम्मेदवार २ हजार ४८९ जना विजयी बनेको आयोगले जनाएको छ । कूल विजयी उम्मेदवारमध्ये ७.९२ प्रतिशत साना दल तथा स्वतन्त्र उम्मेदवारहरू छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);