क्रिकेटर पछि रेस्लर बन्दै सुशान्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एजेन्सी, ४ असोज । सुशान्त सिहं राजपुत स्टेरर बायोपिक फिल्म ‘एम एस धोनी’ ले पछिल्लो समय निकै चर्चा पाएको थियो । यो फिल्मका कारण सुशान्तले विभिन्न अर्वाड समेत पाएका थिए । साना पर्दाबाट आएका सुशान्त अहिले बलिउडमा माग अत्यन्त बढेको छ । ‘राब्ता’ को सुपर फ्लपको नतिजा पछि उनी फिल्मको मामलामा निकै चुजी भएका छन् ।

‘एम एस धोनी’ उत्कृष्ट स्थान पाएका उनी फेरी नयाँ बायोपिक फिल्ममा आउने भएका छन् । बलिउड मिडिया जुम टिभीका अनुसार उनी अब भारतीय मुलका अन्तराष्ट्रिय रेष्लर ‘ग्रेट खल्ली’ को भुमिकामा चाँडै पर्दामा आउने भएका छन् । ‘चन्दामामा दुर के’ फिल्ममा व्यस्त रहेका उनी सटिङ सके लगत्तै यस फिल्ममा लाग्ने बताइएको छ ।

रोचकको कुरा यो छ कि ग्रेट खल्ली ७ फिट १ इन्च छन् भने सुशान्त मात्र ६ फिट १ इन्चका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);