दुई महिनामै एक करोड पटक हेरियो 'नाईलनको साडी' (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाण्डौँ, ३ असोज । चलचित्र ‘छक्का पञ्जा २’ प्रदर्शनमा नआउँदै यसको गीत ‘ए दाजु नसमाउ’ लाई दर्शकले अत्याधिक रुचाएका छन् । जसको कारण युट्युबमा सार्वजनिक भएको दुई महिना भित्र एक करोड पटक हेरिएको छ ।

सार्वजनिक भएको समयमा विवादमा समेत तानिएको यो गीतलाई अलमोडा राना उप्रेती र सुजता बर्माले गाएका हुन् । सुरुवाती अवस्थामा गीतलाई चोरीको आरोप लागेपनि पछि उक्त आरोप झुटो सावित भएको हो ।

दीपकराज गिरी र प्रिन्सको शब्द रहेको गीतमा अल्मोडाले नै अरेन्ज गरेका हुन् । गीतमा प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगर नेपालीको संगीतलाई समेटिएको छ ।

चलचित्र ‘छक्का पञ्जा २’ यही असोज ११ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);