'छक्का पञ्जा २' को दोस्रो गीत 'म त यता किनारा'मा सार्वजनिक (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १२ भदौ । बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को दोस्रो गीत ‘म त यता किनारामा’ रिलिज भएको छ ।

 

सोमबार दिउँसो २ बजे सार्वजनिक गरिएको गीत लोक लयमा नै आधारित रहेको छ । कलाकार हरिवंश आचार्य र आस्था राउतको स्वरमा रहेको गीतमा नायिका प्रियंका कार्की, विल्सन विक्रम राई, दीपकराज गिरी, बुद्धि तामाङलाई फिचरिङ गरिएको छ, जसमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा उत्तम सन्जेलको शब्द रहेको छ भने किरन कँडेलले संगीत भरेका छन् ।

आगामी असोज ११ गते देखि प्रदर्शनमा आउने ‘छक्का पञ्जा २’ को पहिलो गीत ‘नाईलनको साडी’ले पनि निकै चर्चा पाईरहेको छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);