हौसिए दीपक-दीपा : 'छक्का पञ्जा ३' निर्माणको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, २४ असोज । यही असोज ११ गते देखि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ हेर्नका लागि अहिले पनि हलहरुमा दर्शकको घुईँचो उस्तै छ ।

‘छक्का पञ्जा २’ ले दर्शकको उत्कृष्ट साथ पाएपछि अब यसको अर्को सिक्वेल ‘छक्का पञ्जा ३’ समेत बन्ने भएको छ । कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो फेसबुक पेजमार्फत यसको जानकारी दिएका छन् ।

deepakraj giri
‘छक्का पञ्जा २’ का गीत र ट्रेलरमाथि लागेको आरोपलाई पार गर्दै अहिलेसम्म आईपुग्दा हलहरुमा दर्शकको साथ उत्तिकै रहनुमा ब्राण्डप्रतिको विश्वास भएको दीपकराजले बताएका छन् । आफूहरुको ब्राण्डमा दर्शकले गरेको विश्वास र परिपक्क समिक्षक र दर्शकले देखाएको गल्तीलाई सुधार्ने प्रतिबद्धताका साथ ‘छक्का पञ्जा ३’ निर्माणको तयारीमा लागेको उनले बताएका छन् ।

नेपालको चलचित्र इतिहासमै सर्वाधिक व्यापर गर्न सफल छक्का पञ्जामा दीपाश्री निरौलाले निर्देशनमा डेब्यू गरेकी थिइन् । दीपाश्रीले नै निर्देशन गरेको यसको सिक्वेलले पनि अहिले विभिन्न रेकर्ड बनाईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);