'छक्का पञ्जा २' ले सोलो रिलिज नपाउने छवि ओझा बने बाधक ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, २० भदौ । बाघ निर्माताको ट्याग भिरेका छविराज ओझाले निर्माण गरेको चलचित्र ‘मंगलम’ को प्रदर्शन मिति तय भएको छ ।

कुनै पनि प्रचार प्रसारमा नलागिकन २० दिन आगाडि मात्र उनले प्रदर्शन मिति तय गरेका छन् । अब मंगलम असोज ११ गते रिलिज हुने भएको छ ।

नायिका शिल्पा पोखरेलको अभिनयसँगै लगानी समेत रहेको फिल्मले अब ‘छक्का पञ्जा २’ सँग प्रतिस्पर्धा गर्नुपर्ने छ । आजसम्म फस्टलुक र ट्रेलर समेत रिलिज नगरिएको ‘मंगलम’ र प्रतिक्षित भनिएको फिल्म ‘छक्का पञ्जा २’ कुन कसमाथि भारी पर्ने हो भन्ने आँकलन फिल्मी बजारमा हुन थालेको छ ।

उसो त वितरक गोपालकाजी कायस्थ दशैँको बेला दुई वटा चलचित्र प्रदर्शन गर्दा फरक नपर्ने बताउँछन् । उता नेपाली इतिहासमै सर्वाधिक व्यापर गरेको चलचित्र छक्का पञ्जाको सिक्वेलले भने सोलो रिलिज नपाउने भएको छ ।

 

चलचित्र ‘मंगलम’ नवल नेपालले निर्देशन गरको हुन् भने ‘छक्का पञ्जा २’ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);