रेखा थापा : आमिरसँग डराइन्, अब प्रियंकासँग भिडन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रेखा थापा : आमिरसँग डराइन्, अब प्रियंकासँग भिडन्त

rekha-priyanaka

काठमाडौं, १३ असोज ।  हरेक हप्ता नेपाली फिल्मको भिडन्तको विषय अब नौलो होइन । कहिले नामै नसुनेका फिल्म जुध्छन् त कहिले मल्टिस्टारर फिल्म नै । वर्षमा सय बढी फिल्म रिलिज हुने हुँदा निकै कम फिल्मले मात्र सोलो रिलिजको अवसर पाउँछन् । अब त्यो पनि लगभग लोप हुँदै गएको छ ।

गएको भाद्र २२ गते ‘रामकहानी’ र ‘रोज’ को भाले जुधाईले सिनेवृतले ठूलै हलचल ल्याएको थियो । त्यसपछि दशैंमा ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ एकसाथ रिलिज हुने खबर बाहिरियो । अन्ततः ‘छक्का पञ्जा ३’ ले घटस्थापना रोज्यो भने ‘जय भोले’ फूलपातीमा आउने तय भयो ।

अब फेरि अर्को महासंग्रामले सिनेवृत तात्न थालेको छ । कात्तिक १६ गते दुई ठूला फिल्म जुध्ने कन्फर्म भएको छ । कात्तिक २१ गते अभिनेत्री रेखा थापाको ‘मालिका’ आउने पक्का भएको थियो । तर, शुक्रवार सार्वजनिक ट्रेलरमा फिल्मको रिलिज डेट एक हप्ता अगाडि सारिएको उल्लेख छ ।

अब ‘मालिका’ कात्तिक १६ गतेबाट प्रदर्शनमा आउनेछ । फिल्मको रिलिज फेरबदल हुनुको कारण बलिउडको प्रतिक्षीत फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ हो । यो फिल्म नोभेम्बर ८ अर्थात् कात्तिक २२ गते प्रदर्शनमा आउँदैछ । आमिर खानको फिल्म ‘थ्रेट’ हुने भन्दै रेखाले आफ्नो फिल्मलाई एक साता अगाडि सारेकी हुन् ।

एकसाता अगाडि आएपनि ‘मालिका’ ले सोलो रिलिज भने पाउने छैन । यसअघि नै यो मितिमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी स्टारर फिल्म ‘चङ्गा चेट’ आउने फाइनल भइसकेको छ । अब कात्तिक १६ मा दुई ठूला फिल्मको लडाईँ पक्का भएको छ ।

केही समय अगाडि अभिनेत्री प्रियंका, रेखाबाट ‘नम्बर वान नायिका’ को ट्याग खोस्ने दौडमा रहेको बहस सुरु भएको थियो । तर, लगातार एकपछि अर्को फिल्म बक्सअफिसमा पात्तासाफ हुँदा प्रियंकाले रेसमा आफूलाई टिकाइराख्न सकिनन् । बरु अभिनेत्री पूजा शर्मालाई यसको दाबेदार मान्न थालिएको छ ।

कात्तिक १६ को नतिजा रेखा र प्रियंका दुबैका लागि एकदमै महत्वपूर्ण छ । ‘पलाँस’, ‘डायरी’ र ‘रुद्रप्रिया’ फिल्म फ्लप भएपछि रेखाको स्टारडम खस्किदै गएको छ । अब त्यसलाई उकास्नै पर्ने चुनौती ‘मालिका’ लाई छ । उता प्रियंकाको स्टारडम अहिले शुन्य जस्तै छ । यसकारण ‘मालिका’ र ‘चङ्गा चेट’ लाई दुई अभिनेत्रीको स्टारडम मापन गर्ने तराजु भन्न सकिन्छ । फिल्मीखबरबाट 

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);