‘मी टु’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘मी टु’

tanushree

काठमाडौँ, १४ असोज । दशक पुरानो घटनामा अभिनेता नाना पाटेकरले आफूलाई यौन आक्रमण गरेको अभिनेत्री तनुश्री दत्ताले दाबी गरेपछि यति बेला भारतभर यसले बहस छेडेको छ ।

अभिनेत्रीले ‘हर्न ओके प्लिज’ को आइटम नम्बरको सुटिङ दौरान पाटेकर सुरुवातमा नृत्य सिकाउने निहुँमा आफू नजिक आएको आरोप लगाउँदै आफूलाई उक्त कुरा सहज नभएको बताएकी छन् । ‘सेटमा डान्स सिकाउनकै लागि भनेर कोरियोग्राफर नै थिए । तर नाना मसँग नजिक हुन खोजिरहन्थे । त्यस्तो बेला मैले उनको इच्छाअनुसार नै गरिदिए ठीक मानिन्थ्यो । विरोध गरियो भने असहयोगीको बिल्ला झुन्डयाइन्थ्यो,’ तनुश्रीले हालैको एउटा अन्तर्वार्तामा भनेकी छन् ।
यसपछि नाना पाटेकर विवादमा तानिएका छन् भने बलिउडका कैयौं सेलेब्रिटीहरूले तनुश्रीको पक्षमा खुलेर आवाज उठाएका छन् । तर स्वयं तनुश्रीलाई भने यो आवाज अझै सानो लाग्छ ।

‘हलिउडका ८० नायिकाहरूले मी टु अभियानमार्फत त्यहाँका निर्माता हार्भे विन्स्टेनलाई यौन दुव्र्यवहारको आरोप लगाउन सकेका थिए ।  त्यही अभियान भारतमा चाहिं कहिल्यै अगाडि बढ्न सक्दैन,’ तनुश्रीले भनेकी छन्, ‘खासमा हाम्रो देश नै पाखण्डी छ । जनताहरू मी टु अभियान भारतमा किन चल्दैन त भन्छन् तर जबसम्म मलाई २००८ मा के पीडा परेको थियो भनेर जबसम्म बुझदैनन्, तबसम्म यो सम्भव पनि छैन ।’

तनुश्रीले दशकपछि नै भए पनि आफूमाथि परेको पीडामा मुख खोल्ने हिम्मत गरेकी छन् । अभिनेत्रीले भने आफूले हिम्मत जुटाएर बोले पनि एक जनाले पनि चुइँक्क यस घटनामा नबोलेको देख्दा उदेक लागेको बताएकी छन् । तनुश्रीको आलोचनापछि भने केही सेलेब्रिटीले सोसल साइटमार्फत अभिनेत्रीको पक्षमा समर्थन जनाउन थालेका हुन् । अभिनेत्री भन्छिन्, ‘कोही बोल्नै चाहँदैनन् ।

जसले महिलाहरूको पक्षमा आवाज उठाउँछन्, उनीहरूले नै अडान नलिने हो भने महिला सशक्तीकरणको के औचित्य रहयो र ’ अरू त अरू अभिनेता अमिताभ बच्चनले समेत यस विषयमा मौनता साँधेपछि उनी आलोचित भएका छन् । पत्रकारले नै यस घटनाबारे राय बुझ्न खोज्दा अमिताभले ‘न मेरो नाम तनुश्री हो, न त नाना ।

म कसरी यसबारे जवाफ दिऊँ ’ भनी गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएका थिए । यति बेला सामाजिक सञ्जालमा अमिताभ आफैं अभिनीत फिल्म ‘पिंक’ मा यस्तै घटनामा बोलेको संवाद ‘हुँदैनको मतलब हुँदैन हुन्छ’ बाटै ट्रोल बनिरहेका छन् ।
कुनै बेला ‘सत्यमेव जायते’ टीभी कार्यक्रम चलाएर वाहवाही बटुलेका आमिर खानले पनि यस घटनामा कुरा चपाएर बोलेको आरोप लागेको छ । आमिरले घटनाबारे सत्यतथ्य नबुझी यसै बोल्न वा धारणा दिन नसक्ने बताएका थिए । उनले यदि यो साँच्चै भएकै हो भने निकै दुस्खद कुरा भएको बताएका छन् ।

बलिउडमा महिला यौन हिंसाका मुद्दामा बलिउडका ठूला सेलेब्रिटीले मौनता साधने गरेको भन्दै तीखो आलोचना हुने गरेको छ । अभिनेता सलमान खानले पनि ‘सुल्तान’ प्रमोसनका बेला बलात्कार घटनाबारे यस्तै गैरजिम्मेवार जवाफ दिएपछि निकै आलोचित भएका थिए । बरु पछिल्लो छिमलका कलाकार भने आफ्नो विचार प्रस्ट राख्ने मामिलामा सिनियरभन्दा अगाडि देखिएका छन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);