के पक्राउ पर्लान त डोनाल्ड ट्रम्प ? ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

के पक्राउ पर्लान त डोनाल्ड ट्रम्प ? ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, चैत्र ६ । निकै कम उमेरकी मेलानिया ट्रम्पसँग विवाह गरे । जसबाट एक सन्तान छन् । मारला र मेलानिया सुन्दरी प्रतियोगितामा भाग लिइसकेका मोडलहरु हुन् । यसबाहेक पनि ट्रम्पको नाम धेरै महिलाहरुसँग जोडियो जसमध्ये कतिपय स्वीकार गरेका छन् । ट्रम्पमाथि सन् १९७० को दशकयता यौन दुव्र्यवहारको आरोप लगाउने महिलाहरुको संख्या २ दर्जन कटिसकेको छ । मी टु आन्दोलनमा कतिपय महिलाले उनीमाथि गम्भीर आरोपहरु लगाए । तर, ट्रम्पलाई उक्त घटनाले छोएन । उनले आरोपीहरुलाई झुटा भने । ट्रम्पकी पहिलो पत्नी इभानाले त आफ्नो पुस्तकमा बलात्कारको आरोप नै लगाइन् । उनले त्यो आरोप अस्वीकार गरे । ट्रम्पको एकजना पोर्न स्टारसँगको सम्बन्ध सन् २०१६ को चुनाव अघि चर्चामा आयो । त्यसलाई लुकाउन एक लाख ३० हजार डलर दिएको विषय आयो ।

पोर्न स्टार स्टेफानी क्लिफोर्डले ट्रम्पको एकजना विचौलिया मिसेल कोहेनले आफूलाई उक्त रकम दिएको खुलासा गरिन् । यो रकम उनको मुख बन्द गर्नका लागि दिइएको थियो । सन् २००६ मा ट्रम्पसँग गल्फ प्रतियोगितामा भेटेको र त्यसपछि सम्बन्धहरु बनेको खुलासा गरिन् । अनुचित तरिकाले तिरिएको यही रकमबारे अनुसन्धान हुँदै ट्रम्पको गिरफ्तारीको सम्भावना उनी स्वयंले औल्याएका छन् । महिलाहरुप्रति ट्रम्पको नकारात्मक टिप्पणी सधै चर्चामा आइरह्यो । तरपनि, ट्रम्पलाई अमेरिकी जनताले सन् २०१६ को राष्ट्रपति चुनावमा विजयी बनाए । सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति बनेका ट्रम्पले २०२० को चुनाव झीनो मतान्तरले जो वाइडेनसँग हारे । उनीविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा दुईपटक महाभियोग लगाइयो । तर, त्यहाँको सिनेटले उन्मुक्ति दियो । ट्रम्प सन् २०२४ मा पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरी तयारीमा छन् ।

उनी फेरि ह्वाइटहाउस पुग्ने दौडमा रहँदा विवादमा मुछिइरहेका छन् । यसले उनको फेरि राष्ट्रपति बन्ने दौडमा अवरोध बन्न सक्छ । तर, ट्रम्पको अविचलित रहेर निर्भिकताका साथ बढ्ने शैलीले पुनः ह्वाइटहाउसमा नपु¥याउला भन्न सकिदैन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);