मस्को पुगेर ‘सी’ले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मस्को पुगेर ‘सी’ले के भने ?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिंग दुई दिने रुस भ्रमणका क्रममा राजधानी मस्को पुग्नु भएको छ ।

विमानस्थलमा उपस्थित पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति शी ले आफ्नो रुस भ्रमण सार्थक हुने विश्वास व्यक्त गर्नूभयो । चीन र रूसबीचको तन्दुरुस्त र स्थीर सम्बन्धलाई भेटघाटले अझ उर्जा प्रदान गर्ने उहाँको भनाइ थियो । राष्ट्रपति शीले दुई देशलाई एक अर्काको विश्वासयोग्य साझेदारको संज्ञा दिनुभयो ।

उहाँले रुसी समकक्षीसँग सोमबार अनौपचारिक कुराकानी हुने भन्दै मंगलबार औपचारिक छलफल हुने बताउनुभयो । रुसले युक्रेनमाथि हमला गरेपछि चिनियाँ राष्ट्रपति शीको यो पहिलो रुस भ्रमण हो ।

चिनियाँ नवनियुक्त विदेशमन्त्री चीन गाङले युक्रेनका सकमक्षी दिमित्रो कुलेबासँग गत बिहीबार मात्र रुस र युक्रेनबीच शान्तिवार्ताको प्रस्ताव राखेको लगत्तै राष्ट्रपति सीले रुसको भ्रमण गरेकाले यसमा अन्तराष्ट्रिय चासो थपिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);