स्लोभेनियामा पहिलो महिला राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

स्लोभेनियामा पहिलो महिला राष्ट्रपति

एजेन्सी।स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ। नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् ।उनले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन। मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। करिब २० लाख जनसंख्यामा ४९ दशमलब ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न मुसारलाई वकिलको रूपमा नियुक्त गरिएको थियो।

Leave a Reply