राष्ट्रपति भण्डारीको राजनीतिक जीवन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रपति भण्डारीको राजनीतिक जीवन

Bidhya-Bhandari

काठमाडौं, २९ फागुन । विक्रम संवत २०३५ सालबाट राजनीतिक यात्रा सुरु गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालको लागि निर्वाचित भएकी छन् । २०१८ सालमा भोजपुरको मानेभञ्ज्याङमा जन्मिएकी राष्ट्रपति भण्डारीको राजनीतिक जीवन संघर्षपूर्ण रहेको छ ।

राष्ट्रपति भण्डारी मुलुकको तेस्रो राष्ट्रपतिको रुपमा दुई कार्यकाल सम्हाल्ने पहिलो राष्ट्रपति बनेकी छन् । उनी पहिलो महिला राष्ट्रपति पनि हुन् । विक्रम संवत २०१८ सालमा भोजपुरको मानेभञ्ज्याङमा जन्मेकी राष्ट्रपति भण्डारीको बाल्ययाल भोजपुरमै वित्यो ।

भोजपुरको बेहेरेश्वर प्राथमिक विद्यालयबाट औपचारीक शिक्षा सुरु गरेकी भण्डारीले माध्यामिक शिक्षा पनि भोजपुरकै बिद्योदय व्यवसायिक सेकेन्डरी स्कुलबाट हासिल गरेकी थिइन् । भोजपुर क्याम्पसबाट उच्च शिक्षा सुरु गरेकी भण्डारीले महेन्द्र मोरङ कलेजबाट बिए उतीर्ण गरेकी छन् ।

विक्रम संवत २०३५ सालबाट तत्कालिन नेकपा माले सम्बद्ध युवा लिगमा संगठित भएर राजनीतिक यात्रा सुरु गरेकी राष्ट्रपति भण्डारीको दोस्रो कार्यकालका लागि निर्वाचित हुँदासम्मको राजनीतिक इतिहास यस्तो छ:

– २०३५ सालमा तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित
– २०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुरबाट प्रतिनिधी
– २०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता प्राप्त
– २०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य
– २०३९ देखि २०४० सम्म महेन्द्र मोरङ क्याम्पसको स्ववियू कोषाध्यक्ष
– २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफण्टको महिला विभाग प्रमुख
– २०५४ सालमा नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
– २०५४ सालमा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित
– २०५४ सालमा वातावरण तथा जनसंख्यामन्त्री
– २०५६ सालमा काठमाडौं–२ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
-२०५९ सालमा नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
– २०६४ सालमा नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित
– २०६७ देखी २०६९ सम्म रक्षामन्त्री
-२०७१ सालमा नेकपा (एमाले) को नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित
-२०७२ साल कात्तिक ११ गते नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित
– २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);