विमान दुर्घटनाको छानविन गर्न ६ सदस्यीय जाँचबुझ आयोग गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

विमान दुर्घटनाको छानविन गर्न ६ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं, २९ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले युएस बंगला विमान दुर्घटनाको छानविन गर्न ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

प्राधिकरणका महानिर्देशक संजीव गौतमले मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी नेपाल सरकारका पूर्वसचिव यज्ञबहादुर गौतम नेतृत्वको ६ सदस्यीय जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए । आयोगले प्रतिबेदन बुझाएपछि दुर्घटनाको कारण थाहा हुने महानिर्देशक गौतमले बताएका छन् ।

महानिर्देशक गौतमले विमानको फ्लाईट डिटेल्स नहेरी यसको दुर्घटनाको कारणबारे बोल्न नमिल्ने बताए । प्राधिकरणले विमान दुर्घटनाबारे बंगलादेशका नागरिक उडड्यन प्राधिकरणलाई जानकारी गराइसकेको गौतमले बताए ।

सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बंगाल एयरको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । विमानमा ३३ जना नेपाली तथा चालक दलका ४ सदस्यसहित ७१ जना सवार थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);