बंगलादेशको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

बंगलादेशको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौंमा

aeroplane

काठमाडौं, २९ फागुन । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्ता यूएस बंगला विमानबारे विस्तृत जानकारी लिन बंगलादेशका नागरिक उडड्यनमन्त्री एकेएम शाहाजहान कमालसहितको एक उच्चस्तरीय टोली काठमाडौं आईपुगेको छ ।

बंगला विमानको नियमित उडानबाट बंगलादेशका नागरिक उडड्यनमन्त्री कमालसहितको उच्चस्तरीय टोली मंगलबार मध्यान्ह काठमाडौै आईपुगेको हो । विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विमान दुर्घटनाको कारणको खोजी गर्न आफूहरु नेपाल आउनु परेको बताए ।

बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेदले पठाएको टोलीमा त्यहाँका परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उडडयन प्राधिकरणका उच्च अधिकारी रहेका छन । टोलीको साथमा विमान दुर्घटनामा परी ज्यान गएका परिवारका सदस्यहरु पनि आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । टोलीले विमान दुर्घटनाबारे सम्बन्धित अधिकारीहरुसँग विस्तुत जानकारी लिनेछ ।

सोमबार दुर्घटनाग्रस्त भएको विमानमा ३३ जना नेपाली र ४ जना चालक दलका सदस्यसहित ३६ जना बंगाली, एक चिनिया र एक माल्दिभ्सका नागरिक सवार रहेका थिए । दुर्घटनामा परी २२ जना नेपाली, २८ जना बंगलादेशी र १ चिनियाँ नागरिकको मृत्यु भएको छ । यता, घाइते अन्य २० जनाको काठमाडौंको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्री केपी ओलीले टेलिफोन संवादमार्फत बंगलादेशका प्रधानमन्त्री शेखहसिनालाई घटनाबारे जानकारी गराएका थिए । नेपाल सरकारले छानवीन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);