युएस बंगला एयरको विमान दुर्घटनाप्रति प्रतिनिधिसभाद्वारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

युएस बंगला एयरको विमान दुर्घटनाप्रति प्रतिनिधिसभाद्वारा दुःख व्यक्त

काठमाडौं, २ चैत । प्रतिनिधिसभाले युएस बंगला एयरको विमान दुर्घटनामा परी ठूलो मानवीय क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको पहिलो बैठकले बंगला एयरको विमान दुर्घटनामा परी ठूलो मानवीय क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समदेवना व्यक्त गर्न राख्नु भएको विशेष प्रस्ताव पारित गरिएको छ । प्रतिनिधिसभाले घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

बैठकमा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति एक मिनेट मौनधारण समेत गरिएको थियो । गत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा युएस बंगला एयर विमान दुर्घटनामा परी २२ जना नेपाली, चालक दलका सदस्यसहित २८ जना बंगलादेशी र १ जना चिनिया गरी ५१ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा घाइते भएका २० जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । प्रतिनिधि सभा बैठकले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);