प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाबारे प्रतिनिधिसभालाई जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाबारे प्रतिनिधिसभालाई जानकारी

kp oli

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विमान दुर्घटना हुन नदिन आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले यूएस बंगला एयर विमान दुर्घटनाबारे शुक्रबार प्रतिनिधिसभालाई जानकारी गराउँदै विमान दुर्घटना हुन नदिन सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विमान दुर्घटना लगत्तै गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनको आधारमा नेपालमा फेरी विमान दुर्घटना हुन नदिनेगरी आवश्यक योजना बनाउने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको डिएनए परिक्षण लगायतको कामलाई छिटो सम्पन्न गर्ने बताए । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

गत सोमबार युएस बंगला एयरको विमान दुर्घटनामा परी ५१ जनाको ज्यान गएको थियो । प्रधानमन्त्री ओलीले घाइते मध्ये १७ जनाको अस्पतालमा उपचार भईरहेको र ३ जना स्वास्थ्य लाभगरी घर फर्किएको पनि जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);