युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ शव बंगलादेश पठाइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ शव बंगलादेश पठाइयो

दुर्घटनाका ५ घाइतेको काठमाडौँमा उपचार हुँदै

काठमाडौं, ५ चैत । युएस–बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका बंगलादेशी नागरिकको शव बंगलादेश पठाइएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये पहिचान भएका २३ बंगलादेशी नागरिकको शव सोमबार ढाका पठाइएको हो । काठमाडौँस्थित बंगलादेशी दूतावावासले २३ जना बंगाली नागरिकको शव अस्पतालबाट लगेको छ ।

दूतावावासमा नमाज पढेपछि कफिनमा राखिएका ती शवलाई विमानस्थल लगिएको थियो । गएको सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा चालक दलका सदस्यसहित ७१ जना रहेको युएस बंगलाको विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो ।

त्यसमा २२ जना नेपाली नागरिक पनि परेका थिए । गत हप्ता भएको यूएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट सोमवार बांग्लादेशको राजधानी ढाका पठाइएको हो ।

पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको बताइएको छ । दुर्घटनामा घाइते भएका ११ मध्ये पाँच जनाको काठमाडौँमा उपचार भइरहेको छ भने बाँधी ६ जना घर फर्किएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);