विमान दुर्घटनामा परी मृत्यु हुने अधिकांशको शव पहिचान गर्न मुस्किल | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

विमान दुर्घटनामा परी मृत्यु हुने अधिकांशको शव पहिचान गर्न मुस्किल

बंगलादेशी विमान दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये अधिकांशको शव पहिचान गर्न मुस्किल हुने देखिएको छ ।

काठमाडौं, २९ फागुन । बंगलादेशी विमान दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये अधिकांशको शव पहिचान गर्न मुस्किल हुने देखिएको छ ।

जलेका कारण शव पहिचान गर्न मुस्किल हुने देखिएको हो । करिब ४० जनाको शव पहिचान गर्न नसकिने खालको भएकाले सनाखत गर्न समस्या हुने देखिएको छ । विमान दुर्घटनामा मृत्यु भएका ४९ जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शवको अहिले केहीबेरपछि पोष्टमार्टम गरिने अस्पतालले जनाएको छ ।

पोस्टमार्टम गर्दा पहिचान खुल्न नसक्ने शवहरुको डिएनए परिक्षण गर्नुपर्ने अस्पतालले जनाएको छ । शव बुझ्नका लागि आफन्तजनहरु अस्पताल पुगेका छन् ।

ताजा समाचार