यती विमान दुर्घटनाः काठमाडौं ल्याइएको ४८ शव मध्य ६ जनाको शव पहिचान हुन बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

यती विमान दुर्घटनाः काठमाडौं ल्याइएको ४८ शव मध्य ६ जनाको शव पहिचान हुन बाँकी

काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ ।

काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको जानकारी दिनुभयो ।

६ जनाको शव ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उहाँको भनाइ छ । शव अत्यधिक जलेको हुनाले फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भएपछि डीएनए विधि अपनाउन लागिएको हो ।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको छ । यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो ।

गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);