विमान दुर्घटनामा ७२ जनामध्ये ७० जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विमान दुर्घटनामा ७२ जनामध्ये ७० जनाको शव फेला

काठमाडौं, ५ माघ । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ जनामध्ये बुधबारसम्म ७० जनाको शव फेला परेको छ । उक्त दुर्घटनामा परेका दुई जनाको स्थिति अझै अज्ञात नै छ ।
४८ वटा शवको काठमाडौं शिक्षण अस्पतालमा पोष्टमार्टमको प्रक्रिया चलिरहेको छ । धेरै शव जलेर नचिनिने अवस्थामा रहेकाले उनीहरूको दाँतको बनावट, वा फिंगर प्रिन्टको भरमा पहिचान भएपछि मात्रै शव परिवारलाई दिन सकिने अस्पताल प्रशासनले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ वटा शवको पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ । अहिले त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पतालका फरेन्सिक विशेषज्ञ सहित दन्त विशेषज्ञ गरी १० जनाको टिमले शवको पहिचान गरिरहेका छन् । आफन्तले देखेको भरमा सनाखत गर्दा शव फरक पर्न सक्ने ठूलो जोखिम भएकाले पनि पहिचानको प्रक्रियामा समय लागेको चिकित्सकहरुले बताएका छन् । पोखरामा पनि एउटै शवलाई तीन जना आफन्तले आफ्नो व्यक्ति भनेर दाबी गरेको चिकित्सकहरु बताउँछन् ।

अन्य घटनामा पोस्टमार्टम मृत्युको कारण पत्ता लगाउन गरिन्छ । तर, यस्तो विपतमा शव पहिचानको लागि मात्रै पोस्टमार्टम गरिने चिकित्सकहरुको भनाइ छ । धेरै शव डढेका कारण पहिचानमा जटिलता थपिएकाले पहिचानका लागि डीनएनसम्मको परीक्षण गर्नुपर्ने अवस्था देखिएको छ । शिक्षण अस्पतालमा ल्याइएका शवमध्ये झण्डै दुई दर्जनको पहिचान भइसकेको र ती शव पोस्टर्माटमपछि आफन्तलाई जिम्मा दिइने तयारी छ । तर, शरीर पुरै जलेको अवस्थामा भएका, अंगभंग भएका र विदेशी नागरिक गरी २५–२६ वटा शव पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने अवस्थामा आफन्तले शव पाउन केही दिन अझै लाग्ने चिकित्सकहरुको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);