आयोग बन्छन् तर विमान दुर्घटना छानविन कहिल्यै हुदैन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आयोग बन्छन् तर विमान दुर्घटना छानविन कहिल्यै हुदैन ( भिडियो रिपोर्ट )

काठमाडौँ, पौष ५  \ माउण्टेन टेलिभिजन एच्डी।  आईतवार यति एयरलाइन्सको विमान दुर्घटना भएपश्चात सरकारले जाचबुझ समिति गठन गरेको छ । नेपालमा पहिलो पटक कालिंगा एयरको विमान सिमरामा दुर्घटना भएको थियो । त्यसयता १०४ वटा हवाइ दुर्घटना भएका छन् भने ९२४ जनाले ज्यान गुमाइसकेका छन् । यसले नेपालको आकाश असुरक्षित त हैन भन्ने मुख्य प्रश्न उब्जाएको त छ नै बारम्वार घटीरहने यस्ता समस्या पत्ता लगाउन नसक्दा सरकार पनि गैरजिम्मेवार देखीएको छ । पछिल्लो समय सरकारले विमान दुर्घटनाको छानविन गर्न हरेक विमान दुर्घटनापछि छानविन आयोग गठन गर्ने गरेको छ । यस्ता आयोगले ढिलोचाँडो प्रतिवेदन पनि बुझाउँछ । तर दुर्घटनाको क्रम भने निरन्तर बढिरहेको छ । यही वर्ष मात्र दुई वटा जहाज दुर्घटनामा परे । तर विडम्वना सरकारले हाल सम्म कुनै समस्या पत्ता लगाउन सकेको छैन । यसले कतै सरकारले औपचारिकता मात्रै निभाएके त हैन आशंका पैदा भएको छ ।

हालसम्म विमान दुर्घटनाको छानविन गर्न कैयौं आयोग गठन भए, के तिनका सुझाव कार्यान्वयन गरिए ? बरु उल्टै मृत पाईलटलाई नै दोषको भारी बोकाईयो । केहि महिना अगाडी मात्रै जेठमा भएको तारा एयरमा २२ जना व्यक्तिले ज्यान गुमाउदा पनि छानविन समिति गठन गरिएके थियो तर आयोगले निकालेको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्न सकेन । छानविन समितिलाई स्वतन्त्र रुपमा प्रतिवेदन तयार पार्न नदिदा पनि विमान दुर्घटना रोकमा सुधार हुन नसकेको विश्लेषण हुने गरेको छ।

कर्मकाण्डी शोक वक्तव्य र छानविनको औपचारिकताको मारमा नेपाली हवाई सेवाका उपभोक्ता परेका छन् । सरकारसंग नेपाली आकाशलाई सुरक्षीत पार्न कुनै स्पष्ट योजना भएको देखीदैन । तसर्थ सरकारले छानविन आयोग गठन गरेर औपचारिकता मात्र पुरा गर्नुको साटो दुर्घटनाको कारण पत्ता लगाएर भोलिका दिनमा अपनाउनुपर्ने सावधानीबारे सुझाव दिन आवश्यक छ।
माउन्टेन टेलिभिजन एचडीका लागी क्यामेरामा बिन्दु अधिकारी काठमाडौं ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);