बिहीबार १० नेपाली र कोरियन नागरिकको शव बुझाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बिहीबार १० नेपाली र कोरियन नागरिकको शव बुझाइयो

काठमाडौं, ६ माघ । यती एयरलाइन्सको गत आइतबार विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका शव पहिचानको स्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बिहीबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर थिए ।

उनले मृतकका आफन्तसँग भेट गरे ।विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको पोष्टमार्टम गरी बिहीबार परिवारलाई बुझाइएको छ।

माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको थियो ।

काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी बिहीबार आफन्त र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाएको हो । जिम्मा लगाइएकामध्ये १० नेपाली र दुई शव कोरियन नागरिकको रहेको छ।

पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ। पहिचान नखुलेका शवको भने डिएनए परीक्षण गरेर मात्र परीक्षण गरी मृतकका परिवारलाई बुझाइने छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);