सेनाको हेलिकप्टरबाट २५ शव काठमाडौं ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सेनाको हेलिकप्टरबाट २५ शव काठमाडौं ल्याइयो

काठमाडौं, ३ माघ । आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना परि निधन भएका २५ जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनामा ६९ जनाको निधन भएकामध्ये २५ जनाको शव नेपाली सेनाको एमआई–१७ हेलिकप्टररमार्फत आज काठमाडौं ल्याइएको हो ।

एउटै हेलिकप्टरमा नआटाएपछि २५ शव मात्रै ल्याइएको हो । अब ४९ वटा शव ल्याउने तयारीमा रहेको छ । महाराजगन्जस्थित त्रिवि अस्पतालमा शव पुर्याइएको छ । शवको पोस्टमार्टम र डिएएनएको जाँच गरेर आफन्तलाई बुझाउने तयारी गरिएको छ ।

दुुर्घटनामा मृत्यु भएका बाँकी २३ जनाको भने शव पोखराबाट आफन्तलाई जिम्मा लगाइने छ । काठमाडौं ल्याइएका शव महाराजगन्जवस्थित शिक्षण अस्पतालमा लगिने उड्डयन प्राधिकरणले जनाएको छ । शव ल्याउनकै लागि सेनाको हेलिकप्टर पोखरा सोमबार नै पुगिसकेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोताखोरसहितको टोलीले खोजी कार्य जारी राखेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);