सेनाको हेलिकप्टरबाट शव काठमाडौं ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सेनाको हेलिकप्टरबाट शव काठमाडौं ल्याउने तयारी

काठमाडौं, ३ माघ । आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना परि निधन भएका ४६ जनाको शव काठमाडौं ल्याइँदै छ । दुर्घटनामा ६९ जनाको निधन भएकामध्ये ४६ जनाको शव नेपाली सेनाको एमआई–१७ हेलिकप्टररमार्फत आज काठमाडौं ल्याइने भएको हो ।

११ बजे पोखराबाट शव काठमाडौं पठाउने तयारी भइरहेको छ । दुर्घटनामा मृत्यु भएका बाँकी २३ जनाको भने शव पोखराबाट आफन्तलाई जिम्मा लगाइने छ । काठमाडौं ल्याइएका शव महाराजगन्जवस्थित शिक्षण अस्पतालमा लगिने उड्डयन प्राधिकरणले जनाएको छ ।

शव ल्याउनकै लागि सेनाको हेलिकप्टर पोखरा सोमबार नै पुगिसकेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोताखोरसहितको टोलीले खोजी कार्य जारी राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);