शव ल्याउन सेनाको हेलिकप्टर पोखरा पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

शव ल्याउन सेनाको हेलिकप्टर पोखरा पुग्यो

काठमाडौं । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका मध्य ६९ जनाको शव फेला परेको छ ।

फेला परेका शव मध्यबाट ४१ जनाको पहिचान भइसकेको यति एयरलाइन्सले जनाएको छ । पहिचान भएका मृतकको परिवारले शव बुझ्न चाहेमा पोष्टमार्टम पश्चात शव बुझाईने प्रहरीले जानकारी दिएको छ ।

शव पहिचान र परिक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य सोमबार पोखरा पुगिसकेका छन् । साथै, विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शव काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको नेपाली सेनाले जनाएको छ ।

दुर्घटनामा निधन भएका यात्रुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);