विमान दुर्घटनामा निधन भएका २६ जनाको सनाखत | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

विमान दुर्घटनामा निधन भएका २६ जनाको सनाखत

काठमाडौं । पोखरामा आइतबार भएको यति एरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये २६ जनाको सनाखत भएको छ । हिजो बिहान ११ बजे विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना सवार थिए ।
दुर्घटनामा परी मृत्यु भएका ६९ जनाको शव फेला परेको छ । त्यसमध्ये २६ जनाको पहिचान खुलेको कास्की प्रहरीले जनाएको छ ।

पहिचान खुल्नेमा ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, काहुँडाँडाका २७ वर्षीय निशान्त आचार्य, बालाजु बस्ने संगीता शाही, पोखराका डा.सुशील श्रेष्ठ र उनकी श्रीमती डा.सोना दिवाकर, पर्वतका १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल रहेका छन् ।

त्यसैगरी, पोखरा २२ का रक्की गुरुङ, रुपन्देही शंकर ८ का डा.गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका ४ जनाको बिहानैदेखि उद्धार तथा खोजि कार्य भइरहेको छ । दुर्घटनामा मृत्यु भएर पहिचान खुलेका शव आजै परिवारलाई बुझाइदै छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);