राजधानीमै जटिल दुर्घटना, सङ्घर्षपूर्ण उद्धार कार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राजधानीमै जटिल दुर्घटना, सङ्घर्षपूर्ण उद्धार कार्य

एजेन्सी । पर्यटकीय तथा गण्डकी प्रदेशको राजधानीमा विमान दुर्घटना हुँदा ७० जनाको मृत्यु तथा दुईको अवस्था गम्भीर छ । माघ १ गते दुर्घटना भएपनि उद्धार कार्य भने तीन दिनसम्म निरन्तर चलिरहेको छ ।
पोखरा महानगरपालिका वडा ७ र १५ को सिमाना छुट्टाएको सेती खोँचमा बिहान १० बजेर ५० मिनेटमा जहाज दुर्घटना भयो । दुर्घटनापश्चात् विमानमा आगलागी भयो । आगलागी भएको करिब एक डेढ घण्टा सुरक्षाकर्मी कसरी आगो निभाउने भन्ने दोधारमा परे ।

पोखरा ७ तपÞर्mबाट सुरुमा दमकल लगियो । त्यहाँबाट त्यति सम्भव नभएपछि दमकल कुद्दै सेती पारी पुग्यो । सेती पारी अर्थात् वडा नं.१५ तर्फ पुगी फोहोरा हान्न थाल्यो । खोँचको कप्चेरामा परेकाले आगो नियन्त्रणमा लिन समेत समय लाग्यो । पहिलो दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल पुलिसको संयुक्त प्रयासमा ६२ शव अस्पताल लगियो । दोस्रो दिन ८ शव अस्पताल लगिएको छ । हालसम्म ७० शव अस्पताल लगेपनि ७० नम्बरको शवको अवस्था भने फरक छ ।

क्षतविक्षत अवस्थामा रहेको उक्त शव हराएका तिनै जनाको समेत हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीले घटना लगत्तै घटनास्थलमा पुगेपनि उद्धार गर्न भने केही ढिलाइ भएको सुनाए । उनले आगो दन्किएर बलेका कारण नजिक जान नसक्दा समयमै उद्धार गर्न नसकिएको समेत सुनाए । उनका अनुसार करिब डेढसयदेखि दुई सय मिटरको खोँचमा विमान खसेको हो । ‘घटनास्थल कस्तो छ भने लगभग लगभग दुई सय मिटर सेतीको खोँचको तल जहाज बज्रिएर टुक्रा टुक्रा भएको अवस्थामा आगोको मुस्लो निस्किएको र धुवानै धुवा भएको अवस्था थियो । आगो निभाउन नै हामीलाई हम्मे हम्मे पर्ने अवस्था भयो । डेढ घण्टा जति हामी त्यसै अलमलमा परेका थियौँ’ उनले भने,‘ त्यहाँ दमकल जान सक्ने स्थिति नै थिएन । समस्या थियो । मुस्किलको ठाउँ थियो ।’ उनका अनुसार आगो नियन्त्रणमा लिएपश्चात् डोरीको सहायताले शव निकाल्ने काम भएको थियो ।

‘पहिलो दिन हामीले ६३ वटा लास अस्पताल लग्यौँ । दोस्रो दिनमा बिहान ६ बजेदेखि नै खोज तथा उद्धारको काम गरेका थियौँ त्यो दिन चाही हामीले सातवटा शव ल्याएर ७० वटा पु¥यायौं’ त्यसैमा थपे,‘७० नम्बरको लासको चाहिँ के हो भन्दा त्यो ठाउँमा अलि छरिएको अवस्थामा लास थियो ।एकै ठाउँमा थिएन । अलि टाढा टाढा तिन वटा पार्टहरू भेटिएको छ । त्यो पार्ट एकै व्यक्तिको हो या तिन जनाको हो थाहा छैन तर पनि हामीले खोजको काम जारी राखेका छौँ । हिजो एउटा ड्रोन प्रयोग गरेका थियौँ भने आज चार वटा ड्रोनको प्रयोग गरेका छौँ ।’

यता कालिका गणका प्रमुख विजय केसीले उद्धार कार्य निकै कठिन रहेको बताए । उनले आफ्नो जागिरको दौरान यो भयानक दुर्घटना भएको समेत सुनाए । ‘हामीले घटना भएको थाहा पाएको १० मिनेटभित्र दुर्घटनास्थलमा पुगेका थियौँ । हामी मात्रै होइनौँ नेपाली सेना र नेपाल पुलिसको टोली समेत पुगेको थियो ।

हामीसँग जति स्रोत साधन थियो त्यसले काम गरेकै हो’ उनले भने,‘हामीसँग सीमित स्रोत साधन थियो । नेपाली सेनाको पनि उत्तिकै थियो र हामीलाई रेडक्रसले पनि सहयोग गरेको थियो । सुरुमा आगो बलिरहेको थियो त्यहाँ जाने स्थिति नै थिएन ।’ उनका अनुसार संयुक्त शक्ति लगाएर काम गरेको बताए । उनले सबै बर्दी लगाएका एक्सपर्ट नहुने र त्यसमा विज्ञ रहेका टिमले मात्रै काम गर्ने बताए । ‘हामीले पुरिनटारबाट समेत एक्सपर्ट टिम लिएर आयौं । बाटो निकै साघुरो थियो दमकल समेत जान नसक्ने ठाउँ थियो । दमकल भएपनि आगो निभाउन निकै मुस्किल भएको थियो । सुरुमा त स्टेचर नै थिएन । हामीले सुरुमा पुलिसकै गाडीमा यसै उठाएर पनि लग्यौँ’ उनले भने, ‘उद्धार सामग्री नभएको होइन थियो तर अझ भइदिएको भए झनै राम्रो हुने थियो ।’

४८ शव काठमाडौँ लगियो, २३ शवको पहिचान हुन सकेन

पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका मध्ये २३ जनाको सनाखत हुन सकेको छैन । ७२ जना सवार यती एयरको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था अझै अज्ञात रहेको छ । भेटाएका मध्ये २२ शवको पोखरामा पोस्टमार्टम हुँदै आफन्तलाई बुझाइएको छ । सनाखत भएका २५ र सनाखत नभएका २३ शव पोष्टमार्टमका लागि काठमाडौँ लगिएको छ । शरीरका सबैभाग पूर्ण रुपमा जलेका कारण २३ शवको पहिचान हुन नसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए । उनका अनुसार चालक दलका तिन जनको समेत सनाखत भएको छ ।

पोखरामा परीक्षण हुने पहिचान भएका शवहरू

पोखरामा राखिएका २२ शव मध्ये तिनवटा बाहेक अन्य शव आफन्तलाई बुझाइएको छ । पोखरा १३ मियापाटनका वर्ष २७ का सदाकत अली मिया, पोखरा ११ फूलबारीका (३७) त्रिभुवन पौडेल, पोखरा ११ काहुँडाडाका (२८) निशान्त आचार्य, पर्वत कुश्मा न.पा. ९ कटुवा चौपारिकी अन्दाजी ११ वर्षकी प्रसिद्धि पौडेल सोही स्थानका (३९) पूर्ण बहादुर गुरुङ, पोखरा १७ छोरेपाटनकी (४७) जिवन कला गुरुङ, पर्वत कुश्मा न.पा. ९ कटुवा चौतारीका (४६) अरुण पौडेल, पोखरा १० बुद्धचोकका (२२) पुजन राना, पोखरा ७ जनप्रिय मार्गकी (२४) एसमिन गुरुङ, बागलुङ बडिगाड गाउँपालिका ३ की (२०) निरा छन्त्याल, पर्वत मोदी गाउँपालिका १ का (३९) विजय कुमार गुरुङ,

पोखरा ८ बगाले टोलका (३७) शिव कुमार गुरुङ, पोखरा २२ का (३४) रक्की गुरुङ, पोखरा १९ बाटुलेचौरकी (५१) लक्ष्मी पौडेल, बागलुङ गलकोट न.पा २ की (२१) वन्दना सुनार, पोखरा १७ की (२३) संगिता शाही, पोखरा ९ नागढुंगाका (५३) शालिक राम आचार्य, नवलपरासी (पुर्व) कावासोती न.पा.६ का (३५) मोहन प्रकाश श्रेष्ठ, पोखरा ८ बगालेटोलकी (२३) अनुसा गुरुङ, पोखरा १० की (६७) ओममाया गुरुङ, रुपन्देही तिलोत्तमा न.पा. ४ का (३७) गणेश थापा, माछापुच्छ्रे गाउँपालिका २ भुजुङखोलाकी (४३) सिता गुरुङ ।

सनाखत भई काठमाडौँ लगिएकाहरू

कोरियन नागरिक क्युङच्युल र सांग्योन यु, रसियन नागरिक युरी ल्यागिन र एलेना वन डुरो, फ्रान्सेली नागरिक अलेक्जेन्ड्रे इसिडोर, भारत विहार सितामणीका (२७) संजय जैसवाल, रुपन्देही मुर्गियाकी यति एयरलाइन्स प्रा. लि. को विमान परिचारिका सिर्जना हुन्चुङ्ग, चितवन माडी ८ अयोध्या पुरीकी एयरलाइन्स प्रा.लि परिचारिका ओसिम आले, कास्की रुपा गाउँपालिका ३ का एयरलाइन्स प्रा. लि.का क्याप्टेन कमल के.सी., काठमाडौँ १५ स्वयम्भुकी (१६) लक्ष्मी परियार, (३८) रिता परियार र (४२) हरि परियार, पर्वत विहादी ५ की (६०) जमुना शर्मा, पोखरा ४ का (३८) सुशील श्रेष्ठ, (३६) सोना दिवाकर र १० महिनाको सरबिन श्रेष्ठ, बागलुङ न.पा १ रामरेखाकी (५५) सिता कुमारी खड्का, पर्वत कुश्मा १ का १० महिने शिशु रियान पौडेल, काठमाडौँ टोखा १ की (२२) रचना काफ्ले, पोखरा १ बगरका (३६) अनिल शाही, पोखरा ३ नदिपुरका (४४) राजु सिंह ठकुरी, कञ्चनपुर भिमदत्त ४ का श्लोक भट्ट र सुस्मा पाण्डे, पोखरा ३० खुदीका (४२) लवराज तिमल्सिना र पोखरा २५ हेम्जाका (५६) का जितेन्द्र बहादुर कुँवर रहेका छन् । समाचारपत्रबाट

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);