विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २४ शव पहिचानमा समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २४ शव पहिचानमा समस्या

काठमाडौं । पोखरामा गत आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २४ वटा शव पहिचानमा समस्या भएको छ ।

यससँगै त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले आवश्यक सहयोग र सहजीकरणका लागि मृतकका आफन्तसँग आग्रह गरेको छ । अस्पतालको फरेन्सिक विभागले शव पहिचान हुन बाँकी रहेका मृतकका परिवार तथा आफन्तहरुलाई त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा आएर एन्टिमोटम डाटा उपलब्ध गराउन आग्रह गरेको छ । एन्टिमोटम डाटा भन्नाले मृत्यु हुनुभन्दा अगाडि दाँत, शरीरलगायतको बनावट कस्तो थियो भनेर थाहा पाउनु हो ।

यस्तै शरीरका कुनै भागमा कोठी थियो कि या ट्याटु वा दुर्घटना भएको दाग थियो कि भन्ने जानकारी पनि एन्टिमोटम हो । जसमा अप्रेसन गरेको ठाउँमा भएको खत, दागका साथै कपाल ट्रान्सप्लान्ट–इम्प्लान्ट गर्दाको दागहरु, मृत्यु हुँदाको क्षणमा कुन लुगा लगाएका थिए जस्ता कुराको जानकारी आएपछि र पोस्टमार्टम गर्दा आउने रिपोर्ट म्याचिङ भएमा सहज हुने चिकित्सकहरु बताउँछन् । आइतबार बिहान पोखरा महानगरपालिका वडा नं. ७ र १५ को बीचमा रहेको सेती नदी खोचमा भएका विमान दुर्घटनामा चार जना चालकदलका सदस्यसहित ७२ जना दुर्घटना परेका थिए ।

जसमा महिला २५ जना, पुरुष ३७, बालक ३, शिशु ३ जना सवार थिए । विमानमा ५३ जना स्वदेशी नागरिक र १५ जना विदेशी नागरिक गरी ६८ जना सवार थिए । जसमा पुरै भाग जलेका २४ वटा शवमा कुनै निसी, दाग, खत नदेखिएकाले पहिचान गर्न समस्या देखिएको पोष्टमार्टमा संलग्न चिकिसत्सकहरुको भनाइ छ । शवको डीएनए परीक्षणको रिपोर्ट तत्काल नआउने भएकाले कमभन्दाकम शव डिएनए परीक्षणमा लैजान खोजिएको छ । डीएनए परीक्षण गरिएको खण्डमा रिपोर्ट आउन साढे दुईदेखि तीन महिनासम्म लाग्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);