५२ जनाको सहभागितामा जाइकाको दुई दिने भ्रमण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

५२ जनाको सहभागितामा जाइकाको दुई दिने भ्रमण सम्पन्न

काठमाडौं, ११ माघ । नेपाल जाइका अनमनाई एसोसियसन (जान)ले यस वर्षको दुई दिने भ्रमण सम्पन गरेको छ । गत माघ ७ र ८ गते गोरखा जिल्लाको वारपाक र नागढुंगा–नौविसे मेल मार्गमा भ्रमण सम्पन्न गरेको हो ।

जानले हरेक वर्ष जापान सरकार र जाइकाको सहयोगमा निर्मित आयोजनाहरुमा भ्रमण गराउने र भ्रमणका क्रममा आयोजनाने स्थानीय स्तरमा पारेको आर्थिक तथा सामाजिक प्रभाव, आयोजनाको दिगोपना आयोजना सन्चालनमा परेको समस्या लगायतका विषयमा स्थलगत रुपमा ने स्थानीय समुदाय र जानका सदस्यहरुको बिचमा छलफल गर्दै आएको छ ।

२०७२ सालको महाभुकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लाको वारपाक क्षेत्रमा भौतिक पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत विभिन्न पुल, विद्यालय, स्वास्थ्य चौकि बारिको निर्माण कार्य सम्पन्न गरी हाल स्थानीय समुदायको लागि जानका कार्यक्रम सन्चालन गरिरहेको छ । भ्रमणको क्रममा स्थानीय समुदायले जापान सरकार र जाइकाले गरेको सहयोगका  लागि आभार व्यक्त गरेका छन् ।

जानका अध्यक्ष रामचन्द्र भुसालको नेतृत्वमा गएको उक्त भ्रमण टोलिमा जम्मा ५२ जना सहभागिता थियो  । स्थानीय समुदाय संग अन्तरक्रिया पछि जानका अध्यक्ष भुसालले “महाभुकम्पले ध्वस्त पारेको पूर्वाधार निर्माणको क्रममा समेत जापानबाट सन्चालित आयोजनाहरु तोकिएको समय अगावै सम्पन्न हुनु जापानीहरुको कामप्रतिको लगनशिलता, इमान्दारिता र व्यवस्थापन भएकोले यस्ता कुराहरु जापान सरकार र जापानी जनताबाट सिक्नुपर्नेमा जोड दिए । सो क्षेत्रमा निर्माण भएका पक्की पुलहरु अधिकांश सम्झौता भए अनुसार सम्पन्न गर्नुपर्ने मिति अगाडी नै निर्माण कार्य पुरा भएका थिए ।

नेपाल जाइका अलमनाई एसोसियसन (जान) जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत सरकारी अधिकारीहरु विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिकहरु शहर स्वतन्त्र प्राविधिक तथा व्यवसायीहरुको सामाजिक संस्था हो। जान नेपाल सरकार तथा जापान सरकार एवं जनता बीचको परम्परागत मित्रतालाई सुमधुर बनाउको साथै अध्ययनकी क्रममा जापानमा आर्जित ज्ञान तथा सीपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ स्थापना मे सन् १९७३ देखि ने क्रियाशील रहदै आएको र जानले काठमाड़ी स्थित मा भवन निर्माण गरि जापानी राजदुतावास जाइका नेपाल नेपाल सरकार र अन्य सरकारी तथा गैरसरकारी सस्थाहरु समय गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);