आचार्यले उठाएका मुद्दा बारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आचार्यले उठाएका मुद्दा बारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलवार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गर्नुभएको छ ।

मंगलवार संसद भवन नयाँ बानेश्वरमा आत्मदाह गर्नुभएका उहाँका परिवारलाई भेट्न बुधवार कीर्तिपुर अस्पताल पुग्नुभएका उहाँले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको बताउनु भयो ।

उहाँले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरुमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौँ भन्ने मनशायबाट आएको बताउनु भयो । उहाँले मृतक आचार्यले उठाउनुभएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफूबाट भएका कमी कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरुबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्नसक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);